वि.सं:
नेपाल संवत: ११४६ थिंलागा तृतीया - १८
प्रादेशिक स्तरमा नेपालको संविधानको सफल कार्यान्वयन तथा दिगो विकासका लक्ष्यहरु हासिल गर्ने सन्दर्भमा शिक्षा, महिला विकास, युवा खेलकुद, श्रम तथा रोजगार जस्ता सामजिक क्षेत्रका विषयहरू महत्वपूर्ण पक्षको रुपमा रहेका छन ।
नेपालको संवैधानिक व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तह गरि तीन तहको राज्य संरचना मध्ये प्रदेश सरकार अन्तर्गत सुदुरपश्चिम प्रदेश भित्रको शिक्षा, महिला तथा बालबालिका, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, श्रम तथा रोजगार, भाषा, संस्कृति, साहित्य, ललितकला, पुरातत्व लगायतको कार्य क्षेत्र राखी सामाजिक विकास मन्त्रालय संरचना तयार गरि सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय बाट निर्धारित गरेका शैक्षिक तथा सामाजिक विकास (महिला तथा बालबालिका, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, श्रम तथा रोजगार, भाषा, संस्कृति, साहित्य, ललितकला, पुरातत्व ) का नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्न मिति २०७७/०८/०७ गते सामाजिक विकास कार्यालय, दार्चुला स्थापना भई शिक्षा विकास तथा समन्वय इकाइ गल्फैं दार्चुलाको भवनमा सञ्चालनमा रहेको छ ।